|
|
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले गृहमन्त्री विमलेन्द्र निधितर्फ संकेत गर्दै जिम्मेवार मन्त्री र नेकपा एमालेका नेताको योजनामै घटना भएको दाबी गर्नुभयो ।
यादवले भन्नुभयो, “लोकतन्त्रमा पार्टीलाई आमसभा गर्न पाउने अधिकार छ । त्यसको विरोध गर्ने अधिकार अरुलाई पनि छ, तर विरोध गरेकै नाममा टाउकामा गोली हान्नु गलत हो ।”
आफ्ना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने एमालेको प्रचार भ्रामक एवम् घटनालाई अन्तै मोड्ने चाल भएको उहाँले बताउनुभयो ।
स्थानीय संरचनाको टुङ्गो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उहाँको भनाइ थियो ।
केन्द्र र प्रदेशको निर्वाचन पछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले मधेसको सहभागिता बिना नै निर्वाचन गर्छौं भन्नु गलत हो भन्नुभयो । रासस
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment