Thursday, March 2, 2017

संविधान संशोधन विधेयक पारित हुने अवस्था छैन : प्रधानमन्त्री

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पारित हुने अवस्था नरहेको बताएका छन् ।

नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘हिजो (बुधबार) मैले सरकारमा सहभागी दलका नेताहरूलाई बोलाएर छलफल गरेँ, राप्रपाका साथीहरूले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ ।’

उनले भने, ‘प्रस्ताव मतदानमा ग¥यौं भने विपक्षमा मतदान गर्ने राप्रपाको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ ।’ प्रधानमन्त्री दाहालले भने, ‘समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ ।’

अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै प्रधानमन्त्री दाहालले भने, ‘संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बूंदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला ?’

‘तपाईहरू सोच्नुहोस्, भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ’, दाहालले भने, ‘के तपाई हामीले चाहेको त्यही हो त ? होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ ।’

सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘आदिबासी जनजाति प्रतिष्ठान खारेज हुँदैन, त्यसमा तपाईहरू ढुक्क हुनुस् ।’

स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको बताएका उनले भने, ‘अरु कुरा अब टुङ्गिन्छ । तर, नाम र स्थानीय तहको केन्द्र त्यहीँको संसदले तोक्छ, जनतालाई नै अधिकार दिएपछि तपाईहरुको भावना पनि समेटिन्छ ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment