Thursday, March 2, 2017

घरघरमा ग्यास पाइप जोड्ने योजना अगाडि बढ्यो, ओलीको सपना पूरा हुने

काठमाडौं, १९ फागुन । घरघरमा ग्यास पाइप जोड्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अगाडि बढेको छ ।

यसका लागि जापानको कस्मो इन्जिनियरिङ लिमिटेड कम्पनीले उद्योग मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । नेपालमा ग्यास र पेट्रोलको भण्डारण विकास गर्नका लागि सहकार्य गर्ने प्रस्ताव कस्मोले गरेको उद्योमन्त्री नवीन्द्रराज जोशीले बताए ।

कस्मोले उक्त प्रस्ताव बुधबार उद्योग मन्त्रालयमा पेश गरेको हो । प्रस्ताव पेश गरेपछि उद्योगमन्त्री जोशी र कम्पनीका प्रतिनिधिबीच बुधवारै उद्योग मन्त्रालयमा घरघरमा पाइपबाट ग्यास पुगाउने योजनाबारे छलफल समेत भएको थियो ।

प्रस्तावमा कम्पनीले नेपालले प्रस्ताव गरेअनुसारको भण्डारणस्थल बनाइदिने, सातसय नौ क्युविक मिटरको ट्यांकी र २ हजार ९ सय ७१ केएन (व्यारल) ग्यास तथा पेट्रोल अट्ने ट्यांकी बनाइदिने भनेको छ ।

पूर्वप्रधानमन्त्री ओलीले पाइपमार्फत चुल्होमा ग्यास वितरण गर्ने र सिलिण्डरको फेज समाप्त गर्ने घोषणापछि यस्तो प्रस्ताव तयार गरेको कम्पनीका महाप्रबन्धक टाक नाकाले वताए । उनका अनुसार नेपालको कन्सल्टेन्ट कम्पनी टेक्नोट्रेन्समार्फत आयल निगममा व्यवसायिक योजना पनि पेश गरिएको छ ।

‘हामीले प्रस्ताव गरेअनुसार काम गर्न दिए काठमाडौँ लगायत देशका अन्य स्थानमा घरघरमा ग्यास पाइप पु‍र्याइदिन्छौं,’ कम्पनीका महाप्रबन्धक नाकाले भने– ‘हामीसँग प्रविधि तथा विश्वस्तरीय भण्डारण गर्न सक्ने क्षमता छ ।’

आजदेखि राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन जापानबाट आएका बेला कम्पनीका प्रतिनिधिले घरघरमा पाइपबाट ग्यास पुर्याउने योजना उद्योग मन्त्रालयमा पेश गरेका हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment