Saturday, March 18, 2017

प्रचण्डको चलाखी: सुमार्गीको डेढ अर्व बचाउन एनसेललाई तेतिस अर्व कर छुट !

एनसेललाई कर छुटमा प्रधानमन्त्री प्रचण्ड लचक हुनुको कारणको रहस्य बल्ल खुलेको छ । शेयर स्वामित्व विवादका कारण देखाई एनसेललाई ३३ अर्व कर छुट दिन सरकार लचिलो बन्नुको प्रधान कारण माओवादी पार्टीको अघोषित कोषाध्यक्ष अजय सुमार्गीलाई बचाउनु रहेको तथ्य प्रकाशमा आएको छ ।

कृष्ण बहादुर महरा अघिल्लो पटक सञ्चारमन्त्री हुँदा प्रधानमन्त्री प्रचण्डका व्यवसायिक पार्टनरको रुपमा चिनिने अजय सुमार्गीलाई नेपाल स्याटलाइट नामक कम्पनी खोल्ने अनुमति दिइएको थियो । सो कम्पनीले नेपाल सरकारलाई डेढ अर्व रुपैंया कर तिर्न बाँकी छ ।

अहिलेको चर्चा र विवादको घेरामा रहेको टेलियासोनेराले नै यो कम्पनी साइप्रसको एअरवेल कम्पनीलाइ बेचेको थियो । जसरी स्विडिसले एनसेल मलेसियाको एक्जियटालाई बेचे झै गरी । सुमार्गीसँग सम्बन्ध भएको एअरवेलले ८० प्रतिशत शेयर पुर्याउँदाको करमा अब छुट मिल्ने भएको छ ।

एनसेलको स्वामित्व विवाद भएझैं उता छुट दिँदा सोही नजिर अगाडि सारेर सुमार्गीको उक्त कम्पनीलाई समेत डेढ अर्व छुट दिने बाटो खुल्ला हुने जानकारहरु विश्लेषण गर्दछन ।

यता,विभिन्न तीन वटा बैंकमा अजय सुमार्गीको नाममा रहेको ११ अर्ब रुपैयाको स्रोत नखुलेको कारण देखाँउदै उक्त पैस नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ । तर ११ अर्ब ननिस्के पनि अर्को जस्केलाबाट सुमार्गीलाई राहत दिन दाहालले ३३ अर्ब कर तिर्नु नपर्ने निर्णय गरेको बुझिएको छ ।

यता,सत्तासिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई एनसेलले ३३ अर्व करमा छुट मिलाएको खण्डमा आगामी तीन वटा निर्वाचनको खर्च बेहोर्न एनसेलको आश्वासन पछाडि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा समेत एनसेललाई करमा उन्मुक्ति दिन सहमत भएको चर्चा छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment