|
|
आचार्यले आफ्नो पार्टीले सभा गर्ने कुरा कसैलेपनि रोक्न नसक्ने बताउँदै भने, ‘हामी सभा गर्छौं, कसैले पनि रोक्न सक्दैन्, लोकतन्त्रमा आफ्नो कुरा राख्न नपाउने भन्ने हुन्छ ?’ उनले मधेशी मोर्चाले जनतालाई शोषण गर्ने काम गरेको आरोप लगाए । उनले भने, ‘हामी २७ गतेबाट अभियान सुरु गर्छौं, अब चितवन हुँदै हामी पश्चिमतिर लाग्छौं, तर हामी २ नम्बर प्रदेशमा पनि कार्यक्रम गर्छौं, अहिलेलाई स्थगित् गरेको मात्रै हो, किनकी हाम्रो निर्धारित कार्यक्रम भएकोले २७ गते हामी हेटौडौं जान्छौं ।’
उनले आफ्नो पार्टीका बारेमा मधेशी जनताहरुकाबीचमा भ्रमहरु फैलाउने काम गरिएकोले उक्त भ्रम चिर्नको लागि पनि आफूहरु मधेश झरेको स्पष्ट पारे । उनले भने, ‘संविधान कार्यान्वयन गर्नुपर्छ, र त्यसको लागि निर्वाचन गर्नुपर्छ, हामी त्यसैको लागि अभियानमा छौं ।’
आफूहरुको अभियान देखेर मधेशी मोर्चा आँत्तिएको र सप्तरीमा त्यस्तो घट्ना घटाईएको उनले आरोप लगाए । आचार्यले भने, ‘मोर्चाले षड्यन्त्र गर्यो, सरकारले साथ दियो ।’ उनले सभा भाँड्ने काम पनि मोर्चा र सरकारको मिलेमतोमा प्रयास गरिएको आरोप लगाए । आचार्यले थपे, ‘हाम्रो सभामा १० हजार मानिस थिए, हामीले चाहेको भए सशक्त प्रतिकार गर्न सक्थ्यौं, तर हामी क्षति नहोस् भन्नेमा सचेत थियौं ।’
उनले सप्तरीमा कैलालीको टिकापुरजस्तो घट्ना घटाउने सुनियोजित षड्यन्त्र थियो भन्नेपनि आरोप लगाए । उनले भने, ‘यो षड्यन्त्रको प्रमुख लाईनमा मधेशी मोर्चा थियो ।’ उनले षड्यन्त्रको बारेमा आफूहरुले बोलिसकेकोले अब बाहिरी र भित्री तत्वहरुको उजागर गर्नुपर्ने समेत माँग गरे ।
उनले आफूहरुको सभाको विरोध गर्ने मोर्चा, गोली हाल्ने सरकार अनि दोष चाहीँ एमालेलाई दिनु भनेको नकचोर कुरा भएको टिप्पणी गरे । उनले भने, ‘यो घट्नामा एमालेलाई दोष दिनु भनेको प्रायोजित कुरा हो ।’
उनले सप्तरीको घट्नालाई लिएर सरकार रमिते बनेको टिप्पणी गरे । आचार्यले थपे, ‘मधेशी मोर्चा र सरकार धामी, झाँक्री र बोक्सी आँफै हुन् ।’ उनले एमालेको सतर्ककता र मौनतालाई कमजोरी नठान्न समेत चेतावनी दिए । उनले भने, ‘हामी संयमित छौं, तर हाम्रो मौनतालाई कमजोरी नटठानियोस्, आवश्यक पर्यो भने हामी प्रतिवाद गर्नपनि तयार छौं ।’
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment