Wednesday, March 8, 2017

राजविराज मृतकका परिवारको प्रश्न– मेरो छोरो पार्टीको कार्यकर्ता, नेता होइन्, किन मारियो ? मण्डल परिवारलाई ठाकुरको ११ हजार सहयोग

राजविराज, २५ फागुन । एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको घटनामा मारिएका ४ जनाका आफन्तले ‘मेरो किन मारियो’ भन्ने प्रश्न गरेका छन् ।

राजविराजमा प्रहरीको गोली टाउकोमा लागेर ढलेका सज्जन मेहताका परिवारले यस्तो प्रश्न गरेकी हुन् ।

समवेदना तथा सान्तवना दिन मेहताको घर पुगेका हिन्दूवादी युवा नेता विकास ठाकुरसँगको भेटमा सज्जनकी आमा शान्तिदेवीको आफ्नो छोरो कुनै पार्टी र मधेसी मोर्चाको कार्यकर्ता नभएको र नेता पनि नभएको तर उ किन मर्यो भन्ने प्रश्न गरेकी हुन् ।

घटनाको विरोधमा मधेसी मोर्चाले तराईमा आन्दोलन चर्काइरहेका बेला मृतकका परिवारले घटनाको कारण खोजिरहेका छन् ।

‘मेरो छोरा पार्टीको कार्यकर्ता होइन्, नेता पनि होइन्, पान पसल खोलेर व्यापार गरिरहेको थियो । किन मेरै छोरा मर्यो ?’ शान्तिदेवीको भनाई उद्धृत गर्दै हिन्दूवादी युवा नेता ठाकुरले भने ।

विहे गरेको ९ महिनामै विधुवा भइन् सविता
प्रहरीको गोली लागी मारिएका मेहताले ९ महिना पहिले जेठ २७ गते मात्रै विहे गरेका थिए । उनी वैदेशिक रोजगारबाट फर्कि पान पसलको व्यापार गर्थे । तर, राजविराज घटनामा मारिए । २१ वर्षीया श्रीमती सवितादेवीलाई एक्लै छाडेर गए । नेता ठाकुरका अनुसार सवितादेवी बेहोस छिन् । उनको अवस्था नाजुक छ ।

मण्डलको परिवारलाई ११ हजार सहयोग


यस्तै, हिन्दूवादी युवा नेता ठाकुरले सप्तरी गोलीकाण्डमा मारिएकामध्ये घरको अबस्था एकदमै दयनीय रहेका स्व. पिताम्वर मण्डलको परिवारलाई ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

‘सप्तरी गोलीकाण्डमा मारिएका सम्पुर्ण मधेसी शहिदहरुप्रति मेरो पुर्ण सम्वेदना छ । तर त्यसमध्ये स्व. पिताम्वर मण्डलको घरको अबस्था एकदमै दयनीय छ । विहान खाएपछि दिउसो वा राती के खाने भन्ने सोच्ने अबस्था उनीहरुको रहेको छ ,’ ठाकुरले भनेका छन्– ‘त्यसैले म आफ्नो ब्यक्तिगत तर्फबाट मण्डल परिवारलाई सहयोग स्वरुप रु ११ हजार भोली दिउँसो १ बजे उहाँकै घरमा पुगेर दिनेछु ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment