|
१. बदाम -६ /७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आखालाइ फाइदा गर्दछ ।
२. त्रिफला -अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आखा सफा गर्नुहोस् । यसले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।
३. गाजर -यसमा भिटामिन वि र सी पाइन्छ । नियमित रुपमा गाजर खानाले तथा यसको जुस पिउनाले आखाको ज्योति बढ्दै जान्छ ।
४. सर्स्युं -सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आखाका मांसपेशीलाई बलीयो बनाउदछ ।
५. ग्रीन टि- दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनुहोस् । यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आखालाई स्वस्थ राख्दछ ।
६. अवला -सुकाएको अवलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आंखा सफा गर्नुस् । यसो गर्नाले आखा स्वस्थ रहन्छ ।
७. घिउ -घिउले आखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आंखाको तेज बढ्दै जान्छ ।
८. जीरा -जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आंखाको ज्योति बढाउछ ।
९. हरियो साग- रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आखाको तेज बढ्दै जान्छ ।
१०. आखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाव जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आखा स्वस्थ रहन्छ ।
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment