|
१. अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ – अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई कम गर्न मद्दत गर्छ । धेरै होइन, एकपटकमा १ देखि २ ग्राम अदुवा खादाँ वेश हुन्छ।
२. मांसपेशी दुखाईको पौराणिक चिकित्सा – दिनानुदिन हुने मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ । यसलाई छालामा सिधा प्रयोग गर्न सकिन्छ, तर दुखाई कम गर्न अदुवाको तेल नुहाउने पानीमा राख्नुभयो भने राम्रो काम गर्छ । यसको तत्काल असर देखिँदैन, तर लगातार दुई हप्ता यही उपाय अपनाउनुभयो यसको प्रभाव थाहा पाइन्छ।
३. मस्तिष्कलाई ताजा राख्छ – अदुवाले स्मरणशक्तिमा सुधार, मस्तिष्कको कार्यमा सकारात्मक प्रभाव पार्छ।
४. बन्द नाक र छातीका लागि – रुघा–खोकी, नाक बन्द हुने समस्या भएमा एक कप अदुवा–चिया पिउँनुहोस्, छुट्कारा हुन्छ ।
५. अपच र मुटु पोल्ने समस्याका लागि – पेट र छाती पोल्ने समस्याको जड मुख्य गरी अपचलाई मानिन्छ । अदुवाले ५० प्रतिशत अपच समस्यालाई तुरुन्तै हटाइदिन्छ र तपाईको पेटलाई चाँडै खाली पार्ने काम गर्छ ।
६. जोर्नीका लागि – गठिया रोगीका लागि दुखाई कम गर्न अदुवा लाभदायक हुन्छ।
७. संक्रमणबाट बचाउँछ – श्वास–प्रश्वाससम्बन्धी संक्रमणबाट अदुवाले बचाउँछ । साथै स्वास गनाउने ब्याक्टेरियाको संक्रमणबाट बचाउन लागि प्रभावकारी भूमिका खेल्छ ।
८. कामवासनाका लागि – यसले रक्त सञ्चारलाई सहज गराउँछ । छालालाई सफा गर्छ, कलेजोलाई सक्रिय राख्छ र शरीरलाई स्वस्थ्य र शुद्ध राख्न मद्दत गर्छ । अदुवाले तपाईको कामवासनामा पनि सकारात्मक भूमिका खेल्छ ।
९. चिनीरोग र मुटुरोगबाट बचाउँछ – दिनमा २ ग्राम अदुवा खानाले मात्रै पनि रगतमा चिनीको मात्रा घटाउन महत्वपूर्ण भूमिका खेल्छ । अदुवाले ओक्सिकरण लिपोप्रोटिन र अपो–बि र अपो–एको अनुपातको स्तरलाई कम गर्छ, यी दुवै हृदय रोगको संकेत हुन् ।
१०. सुन्निनु र पेटमा हावा भरिनु – अदुवाले प्राकृतिक तरिकाले खानापछि पेटमा उत्पन्न हुने ग्यासलाई कम गर्छ, एक कप अदुवा चियाले मांसपेशीलाई आराम प्रदान गर्छ र् पाचन प्रणालीमा फेसका ग्यासलाई विस्तारै र सुरक्षित तरिकाले बाहिर निकाल्न मद्दत गर्छ ।
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment