Tuesday, March 7, 2017

सिडिअोलाई फिर्ता बोलाएपछि एमाले शशंकित

काठमाडौं, २४ फागुन । सप्तरीका सिडिअोलाई गृह मन्त्रालयले फिर्ता बोलाएपछि एमाले शशंकित भएको भएको छ । सप्तरीको राजविराजमा तीन जनाको मृत्यु हुने गरी भएको घटनापछि गृहले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनालाई सहित जिल्लास्थित सुरक्षा अधिकारीहरुलाई हेडक्वाटर तानिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिना
सिडिअो तिमिल्सिनासहित नेपाल प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई गृहले हेडक्वाटर फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सिडिओसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयप्रति एमालेले विज्ञप्ति नै जारी गरी आशंका जनाएको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सुरक्षा अधिकारीहरुलाई फिर्ता बोलाउनले निर्णय थप आशंका बढाएको उल्लेख गरेका छन् ।
‘सुरुदेखि नै गृहमन्त्रीले अभियानप्रति प्रदर्शन गरेको आपत्तिजनक रबैया र भूमिकाको पृष्ठभूमिमा हेर्दा उहाँले यसको जवाफदेहिताबाट उन्मुक्ति पाउने अवस्था छैन ।’– पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्रोतकाअनुसार सिडिअो तिमिल्सिना एमालेको बुद्धिजीवी कमिटीका सदस्यसमेत छन् । यसअघि गोर्खाको सिडिओ रहेका उनी ललितपुरको एलडीओ भएर काम गरेका थिए । उनी हालैमात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए ।


यो नेपाली भाषाको अन

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment