Monday, March 13, 2017

मेची-महाकाली अभियान छाडेर अचानक किन काठमाडौं फर्किए ओली ? बालुवाटारमा प्रधानमन्त्रीसँग ४५ मिनेट वार्ता

काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मेची महाकाली अभियानअन्तर्गत कपिलवस्तुको जीतपुरमा आयोजित आमसभा छाडेर काठमाडौं फर्किएका छन् ।

आगामी बैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि ओली काठमाडौं फर्किएको स्रोतले बतायो ।

बालुवाटारमा प्रधानमन्त्रीसँग ४५ मिनेट भेटवार्ता



यसैबीच मेची–महाकाली अभियानको यात्राको बीचबाटै अकस्मात काठमाडौं फर्किएका एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डसँग झण्डै ४५ मिनेट वार्ता गरेका छन् । प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्ड र ओलीबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत समयसामयिक विषयमा लामो छलफल भएको जानकारी दिए ।

एमाले अध्यक्ष ओली नेपालगञ्जमा आयोजित आमसभामा उपस्थित हुनेछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment