Monday, March 13, 2017

प्रचण्डले भारतको दलाली गरेको भन्दै नारायणकाजीले प्रचण्डलाई दिए विवेकहिनको संज्ञा

काठमाडौं, ३० फागुन । शान्ति प्रक्रियामाका सबै काम पूरा गर्ने, तीनवटै निर्वाचनमा संँगै लड्ने र वातावरण बनेपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमतिको कार्यान्वयन गर्ने बेलामा प्रचण्डले भारतको कुरा सुनेर ठूलो धोका दिएको भन्दै नारायणकाजी श्रेष्ठ प्रचण्डसँग आगो भएका छन् ।

‘जसले हरियो घाँस देखायो त्यतैतिर बहकने विवेकहीन पशुजस्तो हाम्रो अध्यक्ष हुँदा वाम एकता, सामाजिक न्याय र रुपान्तरणको मुद्धा पछि पर्यो, बन्दुक बोक्नेको जमात ठूलो भएपनि विवेकले चल्ने असाध्यै थोरै भए, भ्रष्ट, पदलोलुप, दास मनोवृतिका धेरै भए ।’  नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँगको अनौपचारिक कुराकानीमा पार्टी नेतृत्व र पार्टीप्रति असन्तुष्टि राख्दै भन्ने गरेका छन् ।

‘अब एमाले राष्ट्रवादी हुने र माओवादीहरु होइन बाबा भनेर खण्डन गर्नुपर्ने अवस्था किन आयो ? एमाले राष्ट्रवादी बन्ने प्रक्रियामा छ । विगतको गल्ती सच्चाउँदैछ, अनि माओवादी केन्द्र चाँहि पुरानो एमालेको ठाउँमा जाने ?’ नारायणकाजीले प्रश्न गर्ने गरेका छन् ।

नारायणकाजीको व्यवहारिक लाइनमा हिडेको भए माओवादी केन्द्र र पुष्पकमल दाहाल यो संकटको भुमरीमा नफस्ने उनका निकट रहेकाहरुले अहिले खुलेर भन्न थालेकf छन् ।

साँघु साप्ताहिकबाट ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment