|
|
स्वाभाविक थियो, आइजिपीले गृहमन्त्रीको आदेशले गोली चलाएको सुनाए । यसपछि प्रचण्डले फोन गरे, विमलेन्द्र निधिलाई । भने, ‘तपाईलाई मैले यस्तो हुँदैछ, बाहिर नजानुस्, राजधानीमै बस्नुस् भनेको होइन ? (त्यही दिन कैलाली गएको) हेर्नुस् त, सप्तरीमा आखिर गोली चल्यो ! तलबाट रिपोर्ट लिइरहनु भएको होला नि ?’ विमलेन्द्रले जवाफ दिए, ‘मैले घुँडामुनीमात्रै हान्नु भनेको, टाउकैमा हानेछन् !’ विमलेन्द्रको कुरा सुनिसकेपछि फेरि प्रचण्डले आइजीलाई फोन गरेर भने, ‘अब धैर्य गर्नुस् । स्थिति थप भड्किन नदिने उपाय निकाल्नुस् ।’ त्यसो त प्रचण्डले सोमबार बिहानै आइजिपीलाई भनेकै थिए, ‘एमाले र मोर्चालाई आमने सामने हुन नदिनुस् ।’
घटनालगतै प्रधानमन्त्री प्रचण्डले ओलीलाई फोन गरेर भने, ‘आजको घटनाको समीक्षा गर्नुहोला । सबभन्दा राम्रो त कार्यक्रम टर्मिनेट गर्नु नै हो। सल्लाह गर्नुस्, विचार गर्नुस् ।’ ओली रिसाए । भने, ‘आफ्नै देशभित्र हिँडडुल गर्न नपाउनु ? यो के ताल हो ?’ आजको जनआस्था साप्ताहिकमा खबर छ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment