Sunday, March 5, 2017

सुगर रोग निकोपार्ने उँटको दूध अचुक औषधि

नयाँदिल्ली । भारतको राजस्थान राज्यको टोंक गाउँमा बस्दै आएका मधुमेह अर्थात सुगरको रोगबाट पीडित हनुमान बलिले उँटको दूध खाएरै सुगरबाट छुटकारा पाएका छन् ।

विगत तीन वर्षदेखि सुगरका विरामी रहेका हनुमान बलिले सुगरको उपचारका लागि हजारौँ रुपियाँ खर्च गरिसेका छन् । औषधि खानका लागि उनलाई पैसाको समस्या परेको थियो ।

तर गाउँका एक जना व्यक्तिले दिएको सल्लाह मानेर उनले नियमित उँटको दूध पिउन थालेपछि अहिले सुगर कन्ट्रोल भएको छ । सल्लाह दिने ती व्यक्ति हनुमान बलिका साथी हुन् । साथीले नै उटको दूध पिएर सुगर कन्ट्रोल गर्न सुझाव दिएका थिए ।

उँटको दूध पिउन थालेको हनुमान बलिलाई एक महिना पनि भएको छैन । उनको सुगर कन्ट्रोलमा आएको छ । अहिले हनुमान बलिको सुगर पूरै तरिकाले निको भएको समाचारमा उल्लेख छ । उनले दैनिमा एक गिलाससम्म उँटको दूध पिउने गरेका छन् ।

सुगरको रोग सञ्चो लागेपछि उनले अहिले सबै खानेकुरा पहिलाकै जस्तै खान थालेका छन् । खानेकुरा खानुका साथै हनुमान बलिले मिहिनेत गरेर आफ्नो शरीरलाई तन्दुरस्त राख्ने पनि गरेका छन् ।

उँटको दूध मधुमेह जस्ता जटिल बिमारीका लागि उपयुक्त भरहेको उनको भनाइ छ । उँटको दूध नियमित पिउने गर्दा त्यसले अरु थुप्रै रोग निको पार्न सक्ने स्थानीयको बैद्यहरूको भनाइ छ ।

मानसिक रोगलाई निको पार्न पनि उँटको दूध निकै राम्रो उपचार मानिन्छ । बिकानेर के राष्ट्रिय अनुसन्धान केन्द्रले पनि उँटको दूध पिउने सुस्त मनस्थितिका बालबालिकालाई बुद्धि विकासमा राम्रो पाइएको परीक्षणबाट देखिएको जनाएको थियो । बालबालिकालाई प्रत्येक दिन बिहान ३ सय एमएल दूध खुवाउँदा अत्यन्तै फाइदाजनक मानिन्छ । – एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment