|
|
नीतिशास्त्रमा मानवका केही गुण र अवगुणका बारेमा भनिएको छ । यदि कुनै व्यक्ति धनी घरानामा जन्मिएको छ । यी पाँच खराब बानीले आफ्नो सम्पति आफैँ सिध्याउँने बताइएको छ ।
–नीतिशास्त्रमा अल्छि व्यक्तिलाई सबैभन्दा ठूलो शत्रु मानिएको छ । जो व्यक्ति कर्म गर्नभन्दा शरीरलाई आराम दिनमा बढी समय खर्च गर्छ उसँग लक्ष्मीदेवी रहन्नन् ।
–व्यक्ति मदिरापानमा डुबेको हुन्छ, जति कमाए पनि लक्ष्मी साथमा बस्दिनन् । यस्ता व्यक्तिले आफ्नो पूर्वजको सम्पिति जोगाउन पनि नसक्ने हुन्छन् ।
–परस्त्री वा परपुरुष कुनै पनि परिवारका लागि नाश मार्ग रहेको बताइन्छ । पौराणिक कथामा देवी आहिल्यालाई देवराज इन्द्रले मान हरण गरे । जसले गर्दा इन्द्रले आफ्नो शक्ति गुमाउनु पर्यो । परस्त्रि वा परपुरुषले धर्तीमा गरेको पापको फल परलोमा भोग्नुपर्ने विश्वास गरिन्छ ।
–दिउँसो सुत्ने बानीलाई शास्त्रमा नाशको संज्ञा दिइन्छ । जो व्यक्ति दिउँसो सुत्ने गर्छ उसको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास गरिन्छ । भगवान श्रीकृष्णले पनि गीतामा भनेका छन्, कहिल्यै सफल हुँदैन जो धेरै वा कम सुत्छ ।
–महाभारतको कथामा जुवा खेलेकै कारण पाण्डलले आफ्नो राज्य गुमाउनु परेको थियो । यति तपाई कुनै सट्टा वा लट्रीमा पैसा लगाउँनुहुन्छ भने यो पनि एक प्रकारको जुवा नै हो । यसले कहिल्यै राम्रो गर्दैन।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment