Friday, March 10, 2017

आरजुले कालोधन थुपारेको उजुरी परेपछि बेलायतले भिसा दिएन…

काठमाडौं, २७ फागुन । आरजु राणा देउवा त्यहाँ पढ्ने छोराको उपचारका नाममा अझैसम्म पनि बेलायतमै छिन् । तर, त्यहाँ पुग्न कति पापड बेल्नु पर्यो भन्ने एउटा रामकहानी नै छ । आफैं सांसद, सामाजिक परिवर्तनका लागि सक्रिय अभियन्ता, पूर्वप्रम पत्नी, हुनेवाला प्रथम महिला । रातो पासपोर्ट त हुने नै भयो, पटक पटक संसार डुलेकी ।

तै पनि यसपल्ट उनलाई पत्याइएन । यहाँबाट भिएफएसमार्फत भिसा प्रोसेसिङ गर्दा पासपोर्ट रित्तै फर्कियो । त्यसपछि आफै दिल्ली पुगिन् र त्यहाँ बसेर आफ्नो प्रभाव र पहुँचको प्रयोग गरिन् । त्यति गर्दा बल्ल एक हप्तामा भिसा प्राप्त भयो । अहिले त्यही भिसामा उनी लण्डन बसेकी छन् । किन यस्तो भयो भनेर बुझ्दै जाँदा थाहा लाग्यो कसैले सम्पत्ति शुद्धिकरण सम्बन्धी उजुरी हालेको रहेछ ।

त्यही कारण उनलाई भिसा दिन इन्कार गरेछ बेलायती हाइ कमिसनले ।

– जनआस्था साप्ताहिकबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment