Tuesday, March 14, 2017

एमालेको मेची महाकाली अभियानमा फेरी अर्को गोलीकाण्ड, नेपालगन्जमा प्रहरीले चलायो गोली !

नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा फेरी अर्को गोलीकाण्ड मच्चिएको छ । बाँके जिल्लामा पर्ने गुलरिया–नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो ।

मोर्चाका कार्यकर्तामाथि एमाले कार्यकर्ताले हमला गर्न खोजेपछि प्रहरीले स्थीति नियन्त्रणमा लिनको लागि गोली चलाएको स्रोतको दाबी छ । यद्धपी प्रशासनले भने मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेको आरोप लगाएको छ ।

यता मोर्चाका नेता इस्तियाक राइले भने प्रहरीले झूटो आरोप लगाएको बताएको छ । मोर्चाका कार्यकर्ताले एमाले आम सभामा सहभागी हुनेलाई बाटो छेक्ने काम गरेको थियो । प्रहरीले मोर्चाका कार्यकर्तामाथि हवाई फायर गरेको बताइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment