Saturday, March 25, 2017

अर्जेटिनामा देवीको मूर्तिबाट रगत बग्न थालेपछि हेर्ने हरुको भिड

एजेन्सी,नेपालमात्र नभई बिदेसमा पनि भगवानको मुर्तिलाई लिएर बिभिन्न खाले चमत्कारको घटना सार्वजनिक हुने गरेको छ । यस्तै एक घटना  अर्जेटिनामा भएको छ ।  अर्जेटिनी मिडियाका अनुसार एक चर्चमा वर्जिन मैरीको प्रतिमाको आँखाबाट रगतको आँशु बगेको थियो ।

अर्जेटिनाको लस नारांजोस स्थित एक चर्चका पादरी र स्थानीय मानिसका अनुसार मूर्तिको आँखाबाट रगत बगेको थियो । घटना लगतै अर्जेटिनी सरकारले उक्त चत्मकारको छानबिन गर्न एक उच स्तरीय टोली गठन गरेको छ ।

चर्चको रेख देख गर्ने एक व्यक्तिका अनुसार ‘वर्जिन मैरी’आँखाबाट अचानक रगत बग्न थालेको हो । हाल सम्म  ‘वर्जिन मैरी’को आँखाबाट रगत बगेको हो वा अरुनै केहि भएको हो त्यो पुष्टि भएको छैन  । यता स्थानीयहरु भने चमत्कार भएको भन्दै हेर्नेको भिड लागेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment