Thursday, March 9, 2017

पश्चिमी तराईमा एमाले नेताहरुको भव्य स्वागत, दुःख परेको घरमा समेत एमाले केन्द्रीय नेताहरु

नवलपरासी, २६ फागुन । पूर्वी तराईका जिल्लामा एमालेको कार्यक्रम प्रभावित भए पनि पश्चिमी तराईका जिल्लामा भने एमाले नेताहरुलाई भव्य स्वागत गरिएको छ । पश्चिमी तराईको जिल्लामध्येको एक नवपरासीमा घरदैलोमा पुगेका एमालेका नेता तथा कार्यकर्तालाई जनताले भव्य स्वागत गरिरहेका छन् ।

आगामी शनिबार ५० हजार जनतालाई उतार्ने तयारीसहित नेकपा एमालेका केन्द्रीय नेता तथा कार्यकर्ताहरु यतिबेला नवलपरासीमा घरदैलो अभियानमा छन् । मेची-महाकाली अभियान अन्तरगत फागुन २८ गते शनिबार नवलपुरको कावासोतीमा आयोजना गरिएको सभामा ५० हजार जनतालाई उतार्ने तयारीसहित घरदैलोमा पुगेका कार्यकर्तालाई जनताले उत्साहपूर्वक स्वागत गरिरहेको एमाले प्रदेश नम्बर ४ का प्रमुख एवं स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए । उनका अनुसार, एमालेको नवलपुर पार्टी कमिटीले बनाएको योजना अनुरुप फागुन २१ गतेदेखि एक सय ५० जना एमालेका केन्द्रीय र प्रादेसिक नेताहरु नवलपुरको घरदैलोमा खटिएका छन् ।

अभियानका क्रममा जनताको घरमा परेका दुःखका काममा समेत एमाले नेताहरु सरिक भएको एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश नम्बर ४ का प्रचार विभाग प्रमुख जगत विश्वकर्माले जानकारी दिए ।

घरदैलो अभियानमा जनताको पीरमर्का बुझ्नेदेखि पार्टीको नीति तथा कार्यक्रम, संबिधानको कार्यान्वयन, चुनावको अबस्था, तराई मधेशमा एमालेबिरुद्ध फैलिएका भ्रम चिर्ने काम भइरहेको नेता विश्वकर्माले जानकारी दिए । अभियानको क्रममा गैडाकोटदेखि दाउन्नेसम्म १० हजार झण्डा बिजुलीको पोलमा राखिएको छ ।

आज राजमार्ग क्षेत्रमा पञ्चेबाजासहित घरदैलो भएको छ । प्रदेश नम्बर ४ कै प्रतिष्ठाको बिषय भन्दै एमालेका प्रदेशभरिका नेताहरु कार्यक्रमस्थलमा आइसकेका छन् ।



शनिबार आयोजना गरिएको सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कावासोतीको थाना अगाडिको खुल्लाचौर अगाडि हुने आमसभामा नवलपुरमा गैंडाकोटदेखि दाउन्नेसम्मका कार्यकर्ताहरु सहभागी हुनेछन् । त्यसको ब्यवस्थापनमा एक हजार स्वयमसेवक परिचालन गरिएको एमाले नवलपुरले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment