|
|
सहि जुत्ता छान्ने – सबैभन्दा पहिले तपाईले वकिङमा निस्कदा जुत्तामा ध्यान पुर्याउनु पर्छ । तपाईले ‘जगिङ’ जुत्ता नै छान्नुहोस्, यस्तो जुत्ताले कुर्कुच्चामा पर्ने दबाबलाई कम गर्छ र तपाईलाई चोट लाग्नबाट बचाउँछ ।
कुर्कुच्चाले हिड्नुहोस् – खुट्टा चाल्दा पहिले कुर्कुच्चालाई जमिनमा टेकाउनुहोस्। यसो गर्दा खुट्टाको सहि कसरत हुन्छ।
छिटो–छिटो हिड्नुहोस् – लामो लामो पाइला सार्नुभन्दा छोटो–छोटो तर चाँडो–चाँडो कदम चाल्नुहोस् । चाँडै–चाँडै हिड्नुभयो भने तपाईको शरीरमा क्यालोरी घट्ने र तपाईको तौल घट्नमा मद्दत गर्छ ।
काँधको प्रयोग गर्नुहोस् – हिडिरहेका बेला आफ्नो काँधको प्रयोग गर्न नभुल्नुहोस् । हिडिरहेका बेला आफ्नो हातलाई आफ्नो शरीरदेखि ९० डिग्रीको कोण बनाएर हल्लाउनुस्। यसरी हिडिरहेका बेला तपाईको मांशपेशीहरुको पनि व्यायाम हुन्छ । साथै आफ्नो कम्मरलाई सिधा बनाउँन नभूल्नुहोस् ।
वकिङलाई रमाइलो मान्नुहोस् । कुनै पनि काम मनदेखि मेहेनतका साथ काम गर्नुभयो भने त्यसको प्रभाव तपाईमा सकारात्मक पर्छ । यस्ता काममा आफ्नो परिवार वा साथीभाईलाई पनि सहभागी गराउनुहोस् ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment